हनुमान मन्दिर छेउ : “छठ” को रमझम

बिराटनगर:-
बिराटनगर- २ हनुमान मन्दिर को पुर्व टोल मा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएको छ ।
बिराटनगर- २ का युवाहरु मिलेर कार्यक्रम आयोजना गरि कार्तिक १६ गते आज कार्यक्रम हुन लागेको हो ।

हिन्दु हरुको महान पर्व “छठ ” लाई लक्ष्यित गरेर उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक समिती का ” बिप्लब राय” (माइनर ) ले बताए ।

कार्यक्रम मा नृत्य ,गायन ,नाटक साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजक ले जान्कारी दिएका छन । साथै बिराटनगर का “द युनिटी ” डान्स ग्रुप र अन्य खाना स्टल हरुको सहभागिता रहेको छ ।

कार्यक्रम बिराटनगर- २ हनुमान मन्दिर छेउ सिंघिया खोलाको किनारमा आयोजना गरिने आयोजक समितिले जान्कारी दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *