तीन किलोमिटर दूरी घस्रदै मेयर

विराटनगर, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठको व्रत बसेका छन् । पराजुलीको दण्डप्रणाम शुभारम्भ कार्यक्रममा सिनेकलाकार दीपाश्री निरौला पनि सहभागी थिइन् ।

शनिबार बिहान दण्डप्रणाम गर्दै उनले घाटको यात्रा सुरु गरेका छन् । यो उनको १६ औं दण्डप्रणाम हो । पराजुलीले भने,‘‘दण्डप्रणाम एक पटक गरी घाटसम्म पुगेपछि त्यतिबेलै पूरा हुन्छ । तर मलाई छठ पर्व आउनासाथ फेरि दण्डप्रणाम गर्न शरीर नै साथ दिन्छ ।’’

पराजुलीको साथमा उनकी श्रीमती र भतिजाले पनि साथ दिइरहेका छन् । मेयर पराजुलीले नगरबासीको हित र शुभ चिताउँदै आफूले दण्डप्रणाम गरेको र तीन किलोमिटर दूरी घस्रदै घाटसम्म पुग्न ५ घण्टा लाग्ने सुनाए ।
विधिअनुसार छठमा निराहार ब्रत बस्दै आएका मेयर पराजुलीले विगत १६ वर्षदेखि साष्टांग दण्डप्रणाम गर्दै जमिनमा घस्रिएर घाटसम्मको यात्रामा निस्कन्छन् ।

 

शनिबार बिहान साढे १० बजे उनले विराटनगर–३ ठूलोमिल चोकमा अवस्थित शिवपञ्चायन मन्दिरबाट सिंघीया घाटको यात्रा शुभारम्भ गरेका थिए । पत्नी रञ्जिता पराजुली र भतिजा प्रमेश पराजुलीले पनि दण्डप्रणाम गरिरहेका छन् ।
परिवारको सुखशान्तिका साथै महानगरबासी र देशबासीको सुखसमृद्धिका लागि पनि आफूले दण्डप्रणाम गर्ने गरेको पराजुलीले । बताएका छन् उनले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा नै जागराम बस्नेछन् । आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि उनले व्रत समापन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *