करेन्ट लाग्दा दुई जनाको मृत्यु

झापा , जंगली हात्तीको प्रवेश गाउँमा हुन नदिनका लागी लगाएको तारबाट करेन्ट लाग्दा स्थानीय दुई जनाको मृत्यु भएको छ। मृत्यू हुने मा स्थानीय १८ वर्षीय अभिनास राई र भोजपुरबाट पाउना आएका उनका मामा अन्दाजी ३५ वर्षीय मनिराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। बुद्धशान्ति गाउँपालिका (४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा तारबाट करेन्ट प्रवाह भएको हो।

ुहात्ती प्रभावित क्षेत्र भएकोले स्थानीयहरुले आफ्नो(आफ्नो जग्गामा तार लगाएका छन्। शनिबार बिहान माछा मार्ने क्रममा हात्तीलाई रोक्न लगाएको तारबाट करेन्ट सप्लाई हुँदा उनीहरुको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *