बिराटनगर मा यसरि मनाइयो ”छठ” :महानगरका मेयर पनि बसे बर्त ..विडियो सहित

बिराटनगर/हुसैन सेख :-
छठ पर्वको आज चौथो तथा अन्तिम दिन उदाउँदो सुर्यलाई अघ्र्य दिएर समापन गरिएको छ ।
आस्थाको महापर्व छठ पर्वको अन्तिम दिन व्रतालुले आज बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा श्रद्धालुले उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेपछि छठपर्वको अन्त्य हुन्छ ।

अर्घको बेला के ? के गर्ने र बनाउने चलन छ ।
अर्घमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब तथा सवै समुदायका श्रद्धालुहरु एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने यस पर्वले सन्देश दिन्छ ।
तराईमा मात्र गरिने छठ पुजा यतिबेल क्रमश पहाडी क्षेत्रमा समेत गरिन थालेको छ । छठ पर्वले सवै समुदाय जात जाती विच सामुदायीक सदभाव कायम गरेको छ ।

किन बसे बर्त ? विराटनगर महानगरका मेयर भिम पराजुली ,

विराटनगरको सिंघिया खोला, केशलिया खोला,चिसाङ लोहन्द्रा खोला, मोरङ–सुनसरी सिँचाई आयोजना,विभिन्न खोला, पोखरी तथा नहरहरुमा जम्मा भएर सूर्यलाई अर्घ दिएका छन्।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले निराहार व्रत बसेर पूजा छठ माताको पूजा गरेका छन् । कष्टकर व्रत बसेका पराजुलीले शनिबार १६ औँ पटक दुरी नापेर सष्टा दण्डवत गर्दै सिंघिया घाटमा पुगरे अस्ताउँदो सुर्यलाई अर्घ दिएका दिए ।
शनिबार दिउँसो साढे १०बजे विराटनगरस्थित पोखरीयामा रहेको शिव पांचायन मन्दिरबाट भतिज प्रमिससहित श्रीमती रञ्जनासँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली साँझ ४ बजे सिंघिया घाट पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिएका हुन् ।

सानैदेखि छठ माताप्रति श्रद्धाभावका साथ व्रत बस्दै आएको बताउने पराजुली यो १६ पटकको दण्डवत प्रणाम गरेको बताउछन् । सधैँ परिवारको स्वस्थ्य, सुख, शान्तिको कामना माग्ने गर्दथिए । तर यो पटक परिवार प्रति समर्पितभन्दा पनि सम्पूर्ण देशवासी, नगरबासीहरुको सुख, शान्ति साथै समृद्धी र उन्नती प्रगतिको कामनाका लागि कष्टकर व्रत लिएको मेयर पराजुलीले बताए ।

विडियो हेर्नुस :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *