सुनकोशी नदीमा यात्रुवाहक बस खस्दा ६ जनाको मृत्यू भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका(९ मा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेको हो। । बा२ख ७२४५ को बस खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्। दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ।
घटनास्थलमा ६ जनाको शव फेला परेको छ । ५ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । मृतकको संख्या एकिन हुन नसकेको प्रहरीले बताएको छ।
Comments