कपिल्वस्तु : कपिल्वस्तुको शिवराज १ शिवपुरमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेको बताइएको छ । शंकास्पद वस्तु कसले राखेको भन्ने एकिन भएको छैन ।
त्यस्तै पोखराको तालचोकमा शंकास्पद वस्तु फेला परेको छ। चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।
Comments