अनलाइन गेम प्रतिबन्ध

चीन : चीनले बालबालिकाहरूलाई ‘अनलाइन गेम’को लतबाट जोगाउनका गेममा प्रतिबन्ध लगाउने भएको छ । अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न नपाउने व्यवस्था चीनले गर्ने भएको हो । त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेल पाउने व्यवस्था हुने भएको छ । ‘भिडियो गेम’को लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको चीनको निस्कर्ष छ ।

पछिल्लोपटक सार्वजनिक गरिएको सरकारी निर्देशनमा अनलाईन गेममा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ । जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २ सय युआनसम्म खर्च गर्न पाउने छन् । भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरबारे चीनमा चिन्ता प्रकट हुँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *