बहुला स्यालले एक दिन मै १६ जना लाई टोके पछि गाउँ नै त्रसित

महेश सिंह , सिरहा : सिरहाको लहान नगर पालीका वाडा नम्बर ४ मा बहुला स्यालले एकै दिनमा गाउँका १६ जनालाई टोके पछी पुरै गाउँ आतंकित भएका छन् । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बहुला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोकेको थियो

गाउँका महिला र पुरुषहरूले सौचका लागी घर बाहिर निस्केको बेला सेतो रंगको बहुला स्यालले टोकेको हो । गाईते हुनेमा ७० वर्षिय रामबालक पण्डित ,४५ वर्षिय सोनाई मेस्तर , ५ वर्षिय मो। रेहान , ५५ वर्षिय गुलाब देबि महतो , संन्जु देबि महतो , प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार दास लगायतका ब्यक्तीहरु रहेका वाडा अध्यक्ष रामनाथ पण्डितले बताए छन् । ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डिएस्पी अर्जुण साप्कोटा ले सूचना पाए लगत्तै घटना स्थल पुगी घाइते सबै को उदार गरेका थिए । उनिहरुको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहा ले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *