महेश सिंह ,
सिरहा कार्तिक । सिरहा नगरपालिका १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी आज बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा लास भेटिएको छ ।
सिरहाको कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अपरिचित व्यक्तिको अन्दाजी ४५–५० वर्षीय एक पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको स्थानीयहरुले प्रहरीलाई खबर गरी जानकारी गराएका थिए ।
बिहान करिब ६र७ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा शवफेला परेपछि प्रहरीलाई खबर गरीएको हो। भने शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन ।
Comments