नेपालमा पहिलो पल्ट आधुनिक प्रवीधि

नेपाल स्टार इटा उद्योगले नेपालमा पहिलो पल्ट आधुनिक प्रवीधि बाट भटा फाइरीङ गरेको छ । काँचो इटा पकाउन का लागी भटामा रहेको कोइला जलाउनका लागी हप्तौ सम्म काठको दाउरा प्रयोग गर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै नेपाल स्टार इटा भटले ग्यासको प्रयोग गरी फाइरीङ गरेको हो ।

जनशक्तिको अभाव र भारतीय जनशक्तिको भर परेर इटा उद्योग चलाउनु पर्ने बाध्यतामा नयाँ प्रवीधि को प्रयोग भएको नेपाल स्टार इटा उद्योगका संञ्चालक दिपक ढकालले बाताए । इटा पकाउनका लागी फाइरीङ गर्नेबेला धेरै झन्झट र खर्च बढि हुने गरेका कारण यस अघि समस्या हुने गरेको समेत बताए । नयाँ प्रवीध बाट भटमा आगो लगाउँदा समयको बचत संगै पैसाको समेत बचत भएको उनको भनाइ थियो ।

पुर्वाञ्चलमा मात्रै दर्जनै इटा उद्योग हरु रहेको छ । तर प्रवीधिको अभावका कारण समस्या झेल्दै आएको छ । नयाँ प्रवीधि बाट इटा भटमा आगो लगाउन चुनैति भएका कारणले पनी कसैले नयाँ प्रवीधिको प्रयोग गरेको थिएन्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *