काँग्रेसको लहान सचिवमा : प्रमेश्वर साह

महेश सिंह , सिरहा  – नेपाली काँग्रेसका युवा नेता प्रमेश्वर साह लहान नगर समितिका सचिवमा मनोनित भएका छन् । साह नेपाल विद्यार्थी संघका प्रभावशाली नेता आन्दोलनबाट उठेकाले लहान नगर सचिवमा मनोनित भएपछि लहान काँग्रेसमा ठूलो शक्तिको आकलन गर्न थालिएको चर्चा छ ।

नेपाल विद्यार्थी संघको नेतृत्वमा रहँदा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै नेपाली कांग्रेस लहान नगर समितिले रिक्त सचिब पदमा साहलाई नियुक्त गरिएको पत्र नगर समितिका अध्यक्ष सुनिल कुमार महतोले थमाएका छन् ।

उनलाई कात्तिक १० गतेदेखि लागु हुने गरी सचिब पदको जिम्मेवारी दिइएको छ । साह नेविसंघका निवर्तमान सहमहामन्त्री हुन् । लहान काँग्रेसमा सचिव हुँदा उनले नगरको विकृति विसँगी र अवरोध विकासलाई जोडदार रुपमा अघि बढाउँन यसको लागि नगरस्तरीय आन्दोलन गर्दै स्थानीयको अधिकार र पहिचानको लागि सक्रिय रहने प्रतिबद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *