नरेन्द्र मोदिको पुत्ला दहन

इटहरी । भारतको नया राजनितिक नक्सामा नेपालको कालापानी, लिपुलेक भारतमा पर्ने गरी नक्सा सावजनिक गरेपछि मुलुकमा बिभिन्न संगठनले बिरोध गरिरहेका बेला सुनसरीको इटहरीमा पनि राष्ट्रिय जनमोर्चाले बिरोधको कार्यक्रम गरेको छ ।
बिश्वमा एक मात्र स्वतन्त्र रहेको मुलुकलाई छिमेकी मुलुक भारतको बिस्तारवाद सोचका कारण नेपालको बिभिन्न क्षेत्रका सिमाना भारतले मिच्दै आएको छ । निकै लामो समयदेखि भारतले नेपालको सिमाना बिच्दै आएको तथ्यांक बाहिर आउने गरेको नया बिषय हैन तर यस पटक नेपालको एैतेहासिक भुमी कालापानी भारतको हो भन्दै नक्सा जारी गरेपछि देशै भरि बिरोध भई रहेका छ । पटक पटकको सिमा बिवादलाई नेपाल सरकारले कुटनितिक हिसाबले मिलाउनु पर्नेमा सरकारको पहल पनि फितलो भएको भन्दै राष्ट्रियताको लागी राष्ट्रिय जनमोर्चा पाटी भन्दा माथी उठेर अगाडी बढ्ने अधिकांश बक्ताहरुले बताएका छन् । भारतका दलालहरुको कारण आज नेपालको सिमा क्षेत्रमा आक्रमण भइृ रहेको, नेपालको राष्ट्रियता, स्वतन्त्रतामा कसैले गिददे दृष्टि लगाएमा जनताले सडकमा घिस्राने अवस्था सिर्जना हुने राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष अमृत बहादुर पाण्डेले बताए । बिरोध कार्यक्रममा भारतका प्रधानमन्त्रि नरेन्द्र मोदिको पुत्ला दहन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *