सहकारी संस्था द्धारा जेष्ठ शेयर धनि सहित शेयर धनिका छोरा छोरी सम्मानित

धनकुटा
जेष्ठ शेयर धनि सहित शेयर धनिका छोरा छोरी सम्मानित । सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभाको अवसर पारेर दुईजना जेष्ठ शेयर धनी जसोदा कार्की र ईन्द्र कुमारी श्रेष्ठलाई स्वीटर लगाई दिएर सम्मान गरिएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्वर ६ स्थित सञ्चालनमा आएको सुलभ सहकारीको १६ औं साधारण सभाको अवसर पारेर उहाँहरूलाई सम्मान गरिएको सुलभ सहकारीका अध्यक्ष मेघेन्द्र गुरूङ्गले जानकारी दिनुभयो ।

सिधुवामा अत्यन्तै जाडो हुने भएकाले यस क्षेत्रको मौसमलाई मध्यनजर गर्दै जेष्ठ शेयर धनिलाई संस्थाको बार्षिक कार्यक्रम अनुरूप स्वीटर लगाईदिएर सम्मानित गरिएको हो । छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष भिमकला लिम्बुले जेष्ठ शेयर धनिलाई सम्मान गर्नु भएको हो । सोहि अवसर पारेर शेयर धनिका छोरा छारीहरूलाई पनि सम्मानित गरिएको छ ।

सामुदायिक र संस्थागत विध्यालयमा अध्ययनरत उत्कृष्ठ नतिजा ल्याउन सफल शेयर धनिका छोरा छोरीहरूलाई नगद सहित सम्मान गरिएको छ । उक्त सम्मानित कार्यक्रममा प्रदेश सभाका सांसद ईन्द्रमणि पराजुली, गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बु, प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायतलाई संस्थाका अध्यक्ष मेघेन्द्र गुरूङ्गले मायाको चिनो प्रदान गरि सम्मान गर्नु भएको छ । सम्मानित हुने शेयर धनिका छोरा छोरीहरूमन कोशि सेन्ट जेम्स ८ ईटहरीका आयुस थापा, सगरमाथा बोर्डिङ्ग स्कुल छ थर जोरपाटी वडा नम्वर ६ का श्रेया आचार्य, सुकुना माध्यमिक विध्यालय सुन्दर हरैचा मोरङ्गका निरूता कार्की, शिक्षा निकेतन माध्यमिक धरान ६ का आयुस कार्की, सिंहदेवि माध्यमिक विध्यालय महालक्ष्मी नगरपालिकाका ईशान काफ्लेलगायत रहेका छन । उनिहरूलाई लाई नगद सहित सम्मान गरिएको सुलभले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *