प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावको उम्मेदवारकोअन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं
मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन कार्यालयहरुले उम्मेदवारमाथिको दाबी विरोध र उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पुरा गरेर अन्तिम नामावली प्रकाशन गर्न लागेका हुन् ।

कार्यालयहरुले भोलि उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्ब २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नम्बर १ को क, दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ख र बागलुङ क्षेत्र नम्बर २ को २ मा हुने चुनावका लागि बिहीबार उम्मेदवारी दर्ता भएको थियो ।

कास्कीमा २२ जना, भक्तपुरमा १९ जना, बाग्लुङमा १० जना र दाङमा चौध जनाको उम्मेदबारी परेको छ । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

स्थानीय तहका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते उपचुनाव हुँदैछ । ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । स्थानीय तहका लागि भने २७ कार्तिकमा मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *