के लैजाने टिफिन ?

भाइबहिनीहरू,

स्कुल जाने बेला तिमीहरू टिफिन लैजान्छौ होला। टिफिनमा के खाजा लैजान रुचाउँछौ रु स्कुलमा मात्र होइन घरमा बसेको बेला पनि स्वस्थ र पोषणयुक्त खानेकुरा खानु पर्छ। जे मन लाग्यो त्यहीँ खाँदा शरीरमा वृद्धि हुन पाउँदैन। मस्तिष्कको पनि राम्रोसँग विकास हुन सक्दैन।

अहिले तिमीहरूको हर्लक्क शरीर बढिरहेको हुन्छ। पढ्ने, खेल्ने गर्दा तिमीहरूले खानेकुरामा ध्यान दिनु पर्ने जनस्वास्थ्यविद् डा। अरुणा उप्रेतीको सल्लाह छ। डा। उप्रेतीले आफ्नो छोरीको लागि टिफिन बनाउँदा सधैंभरि पोषणयुक्त खानेकुरा राखिदिने गरेको स्मरण गर्छिन्।

हरेक दिन तिमीहरूले कति पटकसम्म खानेकुरा खान्छौं रु सायद यसको हेक्का पनि छैन होला। डा। उप्रेतीका अनुसार तिमीहरूले बिहान दिउँसो र साँझ मात्र खाएर पुग्दैन। बीचबीचमा पोषणयुक्त खानेकुराहरू खाइरहनुपर्छ। ठूला व्यक्तिको पेट पनि ठूलो हुन्छ। तर उनीहरूले दिनमा तीन पटक खाए पुग्छ। स्कुले बालबालिकाको पेट सानो भएकोले धेरै पटक खाइरहनु पर्छ।

के लैजाने टिफिन ?

बजारको भन्दा घरमा पाकेको खानेकुरा टिफिनमा लैजानु पर्ने डा। उप्रेतीको सुझाव छ। उहाँ भन्नुहुन्छ, ‘घरमा आमाले बनाइदिएको टिफिन सबैभन्दा पोषणयुक्त हुन्छ। बजारमा किनेको कुरकुरे, चाउचाउ, चिप्सले खाँदा मीठो लाग्छ। पेट डम्म भरिन्छ। शरीर स्वस्थ र फाइदाजनक हुँदैन।

घरमै बनेको चिउरा र चना भुटेर टिफिन लैजाँदा शरीरलाई फाइदा पुग्ने डा। उप्रेतीको भनाइ छ। त्यस्तै चिउरा र आलु लैजान सकिन्छ। रोटी र आलु लैजाँदा पनि हुन्छ। नरिवल राखेको सुजी वा आँटाको हलुवा पनि टिफिन लैजान सकिने डा। उप्रेतीको सल्लाह छ। बासीभात भुटेर बदाम राखेर पनि बालबालिकालाई टिफिन बनाइदिन सकिन्छ। दही, दूध र माछामासु पनि बेलाबेलामा खुवाउनु पर्छ। कोदो एवं फापरको रोटी, चामलको सेल, हलुवा पनि बनाएर टिफिन लैजाँदा स्वस्थकर हुन्छ। तरुलले पनि फाइदा गर्छ।

कालो देखिने भएकोले कोदो र फापरको रोटीलाई धेरैले हेला गर्छन्। तर, यसमा क्याल्सियम र लौहतत्त्व(आइरन) पाइने भएकोले फाइदाजजनक हुन्छ।

लौहतत्त्वको कमी भएमा शरीरमा रगतको मात्रा कमी हुन पुग्छ। यस्तो बेला बालबालिका झोक्राउने, पढ्न मन नलाग्ने, अल्छी गर्ने हुन्छ। सिक्ने क्षमतामा पनि कमी आउँछ। नयाँनयाँ कुरा सिक्न गाह्रो हुन्छ। लौहतŒवको कमीले रोगसँग लड्ने क्षमतामा पनि ह्रास आउँछ। डा। उपे्रती स्कुल जाँदा बासीभात भुटेर आलुचना राखेर वा कहिले चिउरा लैजाने गरेको स्मरण गर्छिन्। त्यस्तै बालबालिकालाई रेसादार पदार्थ अर्थात् सागसब्जी पनि खुवाउनु पर्छ। यसले गर्दा कब्जियत हुन पाउँदैन। हरियो तरकारी, फलफूल, टुसा उमारेको गेडागुडी पनि बालबालिकाको शरीरका लागि आवश्यक मानिन्छ।

जंक फुडलाई पत्रु खाना पनि भनिन्छ। पत्रु खाना खाँदा मुखको स्वाद मेटिन्छ। पेट भरिएको महसुस हुन्छ। चाउचाउ, चिप्स, कुरमुरेलगायतका सबै बजारमा पाइने खाना नै पत्रु खाना हुन्। यी पत्रु खानामा पौष्टिक तŒव पाइँदैन। यी खानेकुराले शरीर र मस्तिष्कलाई फाइदा गर्दैन। पत्रु खानाको बाहिरतिर खोलमा लेखिनेभन्दा बढी मात्रामा नुनिलो अर्थात् सोडियम राखिएको हुन्छ। बढी नुनिलो मात्राले दीर्घकालमा मिर्गौलालाई नराम्रो असर गर्न सक्ने डा। उप्रेतीको भनाइ छ।

अभिभावकको भूमिका

· सानैदेखि घरमै पाकेको खानेकुरा खान प्रेरित गर्ने

· चिउरा, रोटी, मकै भटमास, चनालगायत प्रोटिनजन्य खानेकुरा खुवाउने

· बजारमा पत्रु खाना टिफिनमा नराख्ने

स्कुलको भूमिका

· विद्यार्थीलाई घरबाटै टिफिन ल्याउन सिकाउने

· पौष्टिक पदार्थयुक्त खानेकुराको महत्वबारे जानकारी गराउने

बजारका खानेकुरा ल्याउन निषेध गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *