भिटेनको गीतले ट्रेण्डिङको शिर्ष स्थान

ईटहरी/ युवापुस्ता माँझ र्‍यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । यो समाचार तयार गर्दासम्म भिडियोलाई ६ लाख ८५ हजार भन्दा बढी पटक हेरिएको छ भने ट्रेन्डिङको १४ औ स्थानमा छ । र्‍याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते रिलिज हुने लागेको फिल्म ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । फिल्म सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । हेर्नुस् भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *