सिरहाको कल्याणपुरमा भुत मेला सम्पनन, पहलमानी सुरु

महेश सिंह , सिरहा , सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदिमा प्राचीनकाल देखी प्रत्येक बर्ष पुर्णिामाको दिन देबि देवताहरुलाई कमला नदि मा स्नान गरायो भन्ने एक बर्षको लागि देबि देवताहरु स्थापित रहिरहनछ भने हाम्रा पुर्वजहरुको बिश्वास रहेको समाजबादी पार्टीको युवा नेता कुसेश्वर साहले बताए । कल्याणपुर नगरपालिका वडा नं. ४,५ र ६ को संयुक्त आयोजनामा ३ दिने कार्तिक पुर्णिामा तथा भुतमेला सम्पनन भएका छ्न । महोत्सवको पहिलो दिनमा विशाल कलश यात्रा प्रदर्शन भएको थियो भने दोस्रो दिन भुतमेला , पहलमानी , सामाचकेवा प्रतियोगीता , स्थानिय संस्कृति भल्खिने खालका सांस्कृतिक कार्याकमहरु भएको महोत्सब आयोजक मुल कमिटिका अध्यक्ष प्रमोद यादबले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार कार्तिक पूर्णिमाका दिन कमला स्नान गर्न यस वर्ष पनि लाखौं श्रद्धालु सिरहा–धनुषा जिल्ला को सिमाना रहेको कमला नदिमा स्नान गर्न पुगेका छन् । धामीझाँक्रीहरु हात – हातमा माटोको ढकनामा आगो बालेर भगत खेल्दै कमला नदि पुग्ने गरेको हुनाले यसलाई भुत मेला पनी भन्ने गरेको महोत्सब कमिटिका सल्लाहकार कल्याणपुर नगरपालिका वडा नं. ६ का कुशेश्वर साहले बताए । सल्लाहकार साहका अनुसार कमला बचाउ अभियान अन्तर्गत महोत्सबमा भएको फोहर संङ्गकलन गर्नका लागी स्थानियहरु सक्रिय रहेको भन्दै बिभिन्न संघ संस्थाको सहयोगमा सरसफाई कार्यक्रम पनि भैरहेको उनले बताए । हिजो भएको पहलमानी खेलको उदघाटन गर्न पुगेका कल्याणपुर नगरपालिकाको मेयर सुर्यनाथ मण्डल ले भने कमला नदिमा लाग्ने पुर्णीमा मेलाको आफनै पुरानो ईतिहास भएकाले यसलाई संरक्षण गर्न नगरपालिका पछाडी नहटने प्रतिबद्धता ब्यक्त गरेका हुन् । पहलमानीमा छिमेकि मुलुक भारतको दिल्ली , हरियाना , बिहार, राजस्थान , बाट खेलाडीहरु आएका छन् भने नेपालको नबलपरासी , पर्सा , सप्तरीको बोदे बर्साईन लगायतको ठाँउबाट खेलाडीहरु आएको आयोजक समितीले बताए । मेला हेर्न सिरहा, सप्तरी , धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीबाट लाखौं श्रद्धालु भक्तजनहरु प्रत्येक बर्ष कमला नदीमा आउने गरेको छ । कार्तिक पूर्णिमाको दिन कमला स्नान गरेपछि देबि , देबताहरु बर्ष दिनको लागी स्थापित र पका रहने तन्त्र , मन्त्र सिद्धि प्राप्त हुने जनविश्वास रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *