प्रसिद्ध रेस्टुराँ सञ्जाल म्याकडोनल्ड्सका अमेरिकी कामदारहरूले तयारी खाना विक्री गर्ने उक्त कम्पनीमा यौन दुर्व्यवहार आम समस्या रहेको भन्दै मुद्दा दायर गरेका छन्।
मिचिगनकी एक जना महिला कर्मचारीले आफ्ना प्रबन्धकले नियमित रूपमा यौन दुर्व्यवहार गरेको र त्यसविरूद्ध बोल्दा जागिर जाने डर लागेको जिकिर गरेकी छन्।
वकिलहरूले त्यस्ता कैयौं घटना रहेको भन्दै म्याकडोनल्ड्समा काम गर्ने वातावरण माथिबाटै एकदमै खराब रहेको उल्लेख गरेका छन्।
ती आरोपबारे उक्त कम्पनीले कुनै पनि प्रतिक्रिया जनाएको छैन।
Comments