वडाध्यक्षको गाडीमाअवैध कपडा

भारतबाट भन्सार छलेर अवैध तरिकाले कपडा ल्याउने क्रममा एक जना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएको छ ।   सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको सरकारी गाडीमा अवैध कपडा ओसार–पोसार हुने गरेको पाइएको हो ।  सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले चेकजाँच गर्ने क्रममा फेला पारेका हुन् । जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी भन्सारले नियन्त्रणमा लिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए । सरकारी नम्बर प्लेटको गाडीमा प्रहरीले पनि वास्ता नगर्ने र कोही कसैले सहजै शंका नगर्ने भएका कारण अवैध समान ओसार पोसार बढेको बताइएको छ । यस अघि सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।  अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का वडाध्यक्ष तेजनारायण यादव र उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजार बढी मूल्यका सामानसहित भन्सार कार्यालयले बिहीबार साझ नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *