वन पैदावार उद्योग संघ मोरङ प्रथम

रंगेली, शनिवार विराटनगरमा आयोजना भएको मोरङस्तरीय डोरीतान प्रतियोगितामा वन पैदावार उद्योग संघ मोरङ प्रथम भएको छ ।

विराटनगरको शहीद रंगशालामा आयोजना भएको डोरीतान प्रतियोगितामा विभिन्न १४ वटा पेशागत टिमले भाग लिएका थिए । उक्त डोरी तान अर्थात् टग अफ वार नकआउट प्रतियोगितामा पत्रकार, उद्योगी, व्यापारी, सांसद, वन उपभोक्ता, कर्मचारी, शिक्षकहरूका संघसंस्थाहरुले भाग लिएका थिए । शहीद रंगशालामा आयोजना भएको प्रतियोगितामा विराटनगरको मोर्डनएरा

स्कूललाई पराजित गर्दै वन पैदावार उद्योग संघ मोरङ प्रथम भएको होविजेता टिमले नगद ५१ हजार र उपविजेता मोर्डनएरा स्कूलले ३१ हजार रुपैयाँ र ट्रफि प्राप्त गरे । विजेतालाई विराटनगर महानगरका प्रमुख भीम पराजुलीले पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।

पौराणीक खेल डोरीतान ‘टग अफ वार’ को प्रवर्द्धन गर्न डोरीतान समिति मोरङको समन्वयमा डोरीतान विराटनगरले आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *