भन्सार प्रमुखअधिकृत शिव भण्डारीको स्वागत

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीको स्वागत गर्दै विराटनगर भन्सारबाट सरुवा भएका भन्सार प्रमुख मिमांश अधिकारीको विदाई गरेको छ।
संघठनका अध्यक्ष भिम घिमिरेले कर प्रशासन र उद्योगी व्यवसायी वीचको समन्वयले उद्योग र व्यापारको प्रवद्र्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । कार्यक्रममा विराटनगर भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयसंगको समन्वयमा सगठनले उद्योगी व्यवसायीहरुका समस्याहरु समाधान हुँदै आएको जानकारी दिईएको थियो । भन्सार तथा कर कार्यालयसंग सम्वन्ध थप प्रगाढ हुनुका साथै व्यापार सहजीकरणमा समेत मद्दत पुग्ने वताउदै व्यापार सहजीकरणका लागि संगठन भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयसंग हातेमालो गर्न सदैव तयार रहेको जानकारी दिए ।
विराटनगरबाट सरुवा भई जान लागेका मिमांश अधिकारीले उद्योगी व्यवसायिको समस्या समाधानमा अपनाउनु भएको सक्रियता, आयात निर्यातमा सहज वनाउन पु¥याउनु भएको सहयोगका लागि आभार व्यक्त गरे ।

उनले निरन्तरको अन्तरकृया र छलफलले उद्योग व्यवसायको समस्या समाधानमा सहयोग पुग्ने भएकाले उद्योगी व्यवसायी र कर प्रशासन वीचको अन्तरकृयालाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *