पशुपतिनाथदेखि हिँडेका २०० साईकलयात्री आज जनकपुर पुग्ने, भव्य स्वागतको तयारी

जनकपुरधाम-

काठमाडौँको पशुपतिनाथ देखि यात्रा शुरू गरेका २०० साइकल यात्रीहरू ऐतिहासिक सिन्धुली गढी हुँदै पवित्र ज्ञानभूमि मिथिला नगरी जनकपुरधाम आउने भएका छन् ।

आज दिउँसो ४ बजे राम मन्दिरको प्राङ्गणमा चर्चित विश्व(साइकलयात्री पुस्कर शाह लगायतका ती यात्रीहरूलाई कांग्रेसका केन्द्रिय उपसभापति तथा पुर्वमन्त्री विमलेन्द्र निधिले स्वागत गर्ने जनाइएको छ।
देशका विभिन्न सांस्कृतिक, सामाजिक र धार्मिक एकतालाई अझै प्रगाढ़ बनाउने यो यात्राको प्रमुख उद्देश्य रहेको छ।

यो वार्षिक कार्यक्रमले पर्यावरणको रक्षाका साथै सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक सहयात्रालाई झनै मजबुत बनाउने जनाइएको छ।

साईकल यात्रीहरुलाई आजै मिथिलाको पारम्परिक झिझिया नृत्य समेत देखाइने तयारी भएको सानो पाइलाका कञ्चन झाले न्यूज २४ लाई जानकारी दिए ।

जनकपुरको राम चौकस्थित राम पार्कमा आज जनकपुरका साईकल यात्री रंजीत साहसमेत उपस्थित रहने र सोमबार बिहान जनकपुरका मेयर लालकिशोर साहले साईकल यात्रीहरुलाई विशेष संबोधन गर्नुका साथै जनकपुरको नगर परिक्रमाको गराउने कार्यक्रम रहेको कंचनको कथन रहेको छ ।

त्यस क्रममा जनकपुरमा स्थानीय युवा युवतीसहित झन्डै ५ सय साईकल यात्री जनकपुरको ८ किलोमिटर नगर परिक्रमा गर्ने कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *