काठमाडौ-
राष्ट्र जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेसी दलहरूले मधेसलाई बेचेर खाएको आरोप लगाएका छन् ।
कार्यक्रममा अन्तर्वार्ता दिँदै मधेसी दलहरूले मधेस बेचेर खाएको र मधेसीहरूलाई सहिद बनाएको आरोप लगाएका हुन् । लामो समय स्वतन्त्र मधेसको माग राख्दै विखण्डनकारी गतिविधि गर्दै आएको राउत गत फागुनबाट मूलधारको राजनीतिमा आएका थिए ।
उनले आफ्नो पार्टी कुनै पद र सत्ताको लागि नभई रंगभेदविरुद्ध लगेको पनि बताए । जनमत पार्टीले काठमाडौंमा शनिबार मधेसीलगायतका समुदायमाथि रंगको आधारमा हुने विभेदको विरोधमा आमसभासमेत गरको थियो ।
‘विगत ७ वर्षदेखि हामी कुनै पद, सत्ताको लागि लडेको मान्छे होइनौँ, तर यहाँ अरू पार्टी हेर्नुहोस्, जसले मधेसलाई बेचेर खाए, मधेसीहरूलाई सहिद बनाए, मधेसमा नाकाबन्दी लाग्यो, मधेसको सारा व्यापार(व्यवसाय चौपट पार्यो’, उनले भने,’आफैले नाकाबन्दी लगाएर आफैले तेलको तस्करी गरे, यसले उनीहरूले सत्ताको लागि मात्रै भनेर बारम्बार साबित गरेको छ ।’
चुनावको बेला प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीलाई ‘हत्यारा’ भन्दै आरोप लगाएर अहिले चाहिँ सत्ताको लागि ओलिसँग नै लिप्त भएको बताए । उनले भने, ‘भोट माग्ने बेलामा ‘हत्यारा’ ओली जीलाई भोट दिनु हुन्न रे, अहिले चाहिँ ओलीजीसँगै सरकारमा बसेर रमाउने रु पूर्णरुपले उनीहरूको राजनीति सत्ताकै लागि हो ।’
अहिले पार्टीको कार्यकर्ताले ‘ फ्री मधेस’ कुरा नउठाएर केही असन्तुष्ट उठाइरहेको उनले दाबी गरे । ‘कुनै पनि पार्टीमा सबै एउटै बिचार भएको मान्छे हुँदैनन्, त्यो असन्तुष्ट समूहले उठाइरहेका होलान् । तर हामी चाहिँ मूलधारको राजनीतिबाटै आफ्नो अधिकार कसरी पाइन्छ भन्नेमा पुर्णरुपले लागिपरेका छौँ’, उनले भने ।
उनले नेपालमा रंगभेद भएको पनि बताए । समाजमा रंगभेद छैन भने पनि वस्ताविकतामा र समाजमा चाहिँ रंगभेद भएको उनको दाबी छ । यहाँ दिनहुँ रंगभेद भइरहेको र गरिरहेको पनि उनले बताए । ‘तपाईं सोध्नुहुन्छ रंगभेद कहाँ छ रु कुन पाइलामा रंगभेद छैन रु व्यप्तरूपमा रंगभे छ । हरेक टिकट काउन्टर, हरेक कार्यालय र हरेक पसलमा रंगभेद कहाँ हुन्छ’, उनले भने ।
ठूला मुलधारका पार्टीहरूबाट मधेसको कुनै पनि माग सम्बोधन भएको पनि उनले बताए । ‘मूलधारका ठूला पार्टीहरूलाई एक दशक होइन कयौँ दशका भोट दिएर जिताएका छन्, तिनहिरुबाट मधेसको कुनै माग नै सम्बोधन हुने सम्भावना नै देखिएन’, उनले भने, ‘बिचमा केही दलहरू उदाएका थिए, उनीहरू पनि अहिले आफ्नो पार्टीको नाम परिवर्तन गरेर सत्ताकै पछाडि कुदिरहेका छन् ।’
मधेसको जनाधार पार्टी भनेको आफ्नो पार्टी मात्रै भएको समेत उनको दाबी छ । अब मधेसी जनताको आस्थाको पाटो आफ्नो पार्टीमा भएको र आफ्नो पार्टीले जनताको विश्वत जिनेको पनि उनले दाबी गरे ।
Comments