एजेन्सी-
सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
विष्फोटमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । राकाको ग्रामिण इलाका ताल अब्याद टर्कीको सिमानामा रहेको टर्कीको सहयोगप्राप्त विद्रोहीको प्रभाव क्षेत्र हो ।
सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार घटनामा कम्तीमा पाँच जना सर्वसाधारण परेका र पाँच विद्रोही रहेको बताइएको छ । घटनामा २२ जना घाइते भएका छन् भने केहीलाई सामान्य चोट लागेको बताइएको छ ।
Comments