विप्लवका कार्यकर्ता पक्राउ

धरान । धरानको उपनिवाचनलाई लक्षित गर्दै अवान्छित गतिविधिमा संलग्न ९ जना विप्लवका कार्यकर्तालाई धरान प्रहरीले सोमबार साँझ धरान–१५ निराजन बस्तीबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार सङ्खुवासभा सिलिचौङ–३ ताप्लीका दीपेन्द्र राई, प्र्रवीन राई, उदीप रसाइली, उमेश राई, पदम राई, महेन्द्र राई र सोही ठाउँ घर भई धरान–८ बरगाछी बस्दै आएका सुवास राई छन् । त्यस्तै धरान–८ का संजेस राई र रमेश भनिने कुमार ढकाल छन् । ढकाललाई भानुचौकबाट नियन्त्रणमा लिइएको थियो

उनीहरूको साथबाट विप्लवद्वारा हस्ताक्षरित पर्चा पम्प्लेटसहित २ दशलमव ५ लिटरको नयाँ कुकुर, १० थान मोबाइल, १२ थान सीमकार्ड, एक लाख रुपैयाँभन्दा बढी रकम र २ थान मोटरसाइकलसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अधिकांस सङ्खुवासभा सिलिचौङ–३ का छन् । धरान–८ का दुई जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *