अबको एजेण्डा विकास र समृद्धि

तेह्रथुम, एक नं प्रदेशका मुख्य मन्त्री शेरधन राईले अबको सबैको मुख्य एजेण्डा भनेको विकास र समृद्धि रहेको बताएका छन ।

छथर गाउपालिकामा सोमबार भएको एक सडक सिलान्यास कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले सो कुरा बताएका हुन । उनले अब प्रदेश सरकारको मुख्य एजेण्डा बिजुली, स्वास्थ्य, सडक, कृषि, पर्यटन क्षेत्रको विकास रहेको बताए ।

उनले चुनाव एक बेला आउँछ भन्दै अब विजयी हासिल गर्न नसकेका व्यक्तीहरुले विजयी हासिल गर्ने जनप्रतिनिधीको विकासी एजेण्डालाई आत्मसाथ गरि सबै एक भएर विकासमा लाग्नु पर्ने बताए ।

उनले आज प्रदेश सराकर भएकै कारण पहाडी जिल्लामा सबै तिर खानेपानी , सडक विस्तारको काम तिव्र रुपमा अघि बढ्दै गएको दाबी गरे । उनले आज संघियतालाई हामीले आत्मसाथ नगरेको भए देश २० वर्ष पछि रहने कुरा बताए ।

उनले अबको शिक्षा प्रणालीलाई व्यवसायीक शिक्षा नीति बनाउनु पर्नेमा जोड दिदै आफुले मुख्य मन्त्री युवा बेरोजगार कोषको माध्यमबाट हरेक युवालाई रोजगार सिर्जना गर्ने योजना अघि ल्याएको बताए । उनले अब पैसाको अभावमा कोहि पनि युवा बेरोजगार हुनु नपर्ने उद्घोष गरेका थिए ।

उनले संघियता भोजको लागि नभई जनताको सेवाको लागि आएको भन्दै संघियता हामी सबैको अभिभावक रहेको बताए ।

उनले तीन तहको सरकार शासन गर्न हैन जनताको सेवाको लागि समर्पित भएको भन्दै देशको गरिबी र बेरोजगारीलाई सिहंदरबारले मात्र थेग्न नसकेको कारण सरकारले संघियता रोजेको बताए ।

उनले संविधान कसैको कृपाबाट नभई हामी आफैले लेखेको संविधानको।महत्वपुर्ण क्षणमा रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *