महेश सिंह सिरहा – सिरहाको दक्षिण बर्ती सिमा बर्ती क्षेत्रमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका ५ लालपुर बाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेका छन। सिरहाको ठाडी भन्सार र इनर्वा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश-२,०१-००१ प ३४७१ नम्बरको मोटरसाइकलमा भारतबाट लुकाई छिपाई गरि नेपाल भित्रीयाई रहेको अबस्थामा दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका वडा. ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ बर्शिय सन्जय कुमार यादव को साथबाट प्रतिबन्धित लागु औषध डाइलेक्स डि सि – १५ बोतल , डाइजिल्याप -१८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड -१८ एम्पुल, नोरफिन-१९ पिस र नाइट्रोभेट -३० पिस लागुऔषध सहित पक्राउ गरेका छन । पक्राउ परेका दुबै जना र मोटरसाइकल कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय लहान मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी अपिल राज बोहराले बताए ।
लागूऔषधसहित दुई पक्राउ

अन्य सामग्री

ओलीले गरे ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा ।
पौष ७ गते,विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गर...

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन ।
पौष ५ गते,विराटनगर – पोखरामा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि युवा-विद्यार्थीले पुत्ला जलाएका हुन...

संसद विघटनको विरोध गर्दै मन्त्रीहरुको सामुहिक राजिनामा दिने ।
पौष ५ गते,विराटनगर – संसद विघटनको सिफारिसको विरोध गर्दै वर्तमान मन्त्रिपरिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन ...
Comments