उम्मेदवारको घरमा बम बिस्फोट

जनकपुरधाम, महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको हो ।

बिस्फोटबाट कुनै क्षति नभएको महोत्तरी प्रहरीले जानकारी दिएको छ । ‘चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

चौधरीको पिपरा ४ स्थित घरमा बिस्फोट भएको हो । बिस्फोट कसले र किन गराएको हो भन्ने सन्दर्भमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *