सुनसरी, सुनसरीमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए। जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना लौकी नजिकै भएको हो।
शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो।घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ।
उनले दुबै सवारीसाधन ७० / ८० किमी प्रतिघण्टाको गतिमा हुनुपर्ने बताए।उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो। उनले मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए।
एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो।
Comments