भक्तपुरको प्रदेश १ को ख मा नेपाली कांग्रेसका उम्मेदबार विजयी

काठमाडाैं : भक्तपुरको प्रदेश १ को ख मा नेपाली कांग्रेसका उम्मेदबार विजयी भएका छन् । कांग्रेस उम्मेदबार कृष्णलाल भँडेल १३ हजार ४ सय ३७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सत्तारुढ नेकपाका देवीप्रसाद ढकालले ११ हजार १ सय ९७ मत प्राप्त गरे । त्यस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँच हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । शनिवार भएको निर्वाचनमा ४५ हजार १५ मतदातामध्ये ३२ हजार ३७ जनाले मतदान गरेका थिए ।

यो क्षेत्रमा यसअघि नेकपाका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए । लामिछानेको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *