अटो ठक्कर खाँदा १ जनाको मृत्यु

सुन्दरहरैचा/मोरङको सुन्दर-हरैचा नगरपालिका-१० किस्तीपुल स्थित पूर्ब पश्चिम राजमार्गमा कन्टेनरमा अटो ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ ।
पूर्बबाट पश्चिम तर्फ जादै गरेको को.२ ह.२४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुदा रोकेर राखेको ना.५ ख.५६०१ नम्बरको कन्टेनरको पछाडी ठक्कर खएर दुर्घट्ना भएको थियो । दुर्घटनामा परेर सोही नगरपालिका-९ बस्ने बर्ष-४० को दिपक संकर, सोही नगरपालिका-८ बस्ने बर्ष-२० को लक्ष्मण उराउ र बर्ष-२६ को किरण माझी घाईते भई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा दिपक संकरको बाटैमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *