लागुऔषध सहित २ युवा पक्राउ

सुनसरी/ सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुका अछामे डाँडास्थित सडकबाट लागुऔषध गाँजा करिब २ किलो सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ईटहरी उपनगरपालिका–२० तरहरा बस्ने २० वर्षीय बाबु बुढाथोकी र निरन राई रहेका छन् । अस्थाई प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *