सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
बा ४ ख ४४६८ नम्बरको बस लामोसाघु–जिरी सडकखण्डको पाँच किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८ जना महिला, ३ जना पुरुष, एक बालक र एक बालिका रहेका प्रहरीले जनाएको छ ।
दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर भक्तपुर फर्किदै गरेको बस दुर्घटना भएको हो । बसमा करिब ३० जना जति सवार रहेका थिए । बसमा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
Comments