मंगलबारबाट विराटनगरमा जुत्ता मेला

विराटनगर, मंगलबारबाट विराटनगरमा जुत्ता चप्पल मेला आयोजना हुने भएको छ । नेपाली जुत्ता घरले तेस्रो पटक ‘विराट फुटवेयर एक्स्पो’ गर्न लागेको हो ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयाेजकले मेलामा शिखर सुज, विएफ डियर हिलसुज, रन सुज, शु लेण्ड, लेण्ड वाक र हाइलाइफ ब्राण्डले सहभागिता जनाउने जानकारी दिएकाे छ ।

स्वदेशी  बस्तुकाे प्रवर्धन हाम्राे अभियान भन्ने मुल नाराका साथ मंगलबारबाट विराटनगरको जैन भवनमा सुरु हुने एक्स्पो एक महिनासम्म चल्ने एक्स्पो संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।  एक लाख ५० हजार सर्बसधारणले अवलोकन गर्ने र एक करोड ५० लाख मुल्य बराबरको ५० हजार जोर जुत्ताको करोबार हुने उनले बताए ।

मेलामा एकसय रुपैयाँका चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ता बिक्रीका लागि राखिने छ । मेलमा न्यूनतम १५ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट दिइने उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *