विराट जुत्ता चप्पल व्यापार मेला सुरु

विराटनगर: स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रर्वद्धन गर्ने उद्देश्यले मंगलबार बाट विराट जुत्ता चप्पल व्यापार मेला २०७६ को आयोजना गरिएको छ । विगत दुई वर्ष देखी हुदै आएको फुटवेयर एक्सपो यसबर्ष पनी विराटनगर–७ जैन भवनमा जुत्ता मेला सुरुभएको हो । नेपाली जुत्ताघर ले आयोजना गरेको जुत्ता मेला स्वदेशी उत्पादनको र प्रचारप्रसार प्रर्वद्धनका लागी जुत्ता मेलाको आयोजना गरेको हो ।

नेपालमा फुटवेयरकै क्षेत्रमा ३२ अर्ब बराबरको लगानी रहेको छ । नेपाली जुत्ता घर प्रा.लि. ले त्यसबाट उत्पादन भएका फुटवेयरका ६० प्रतिशत उत्पादनहरु जनता समक्ष प्रत्यक्ष रुपमा पुर्याउन सफल भएको छ । साथै यो क्षेत्रमा प्रत्यक्ष रुपमा ५० हजार र अप्रत्यक्ष रुपमा २ लाख ५० हजार कामदारहरुले रोजगारी पाएका छन ।

सोही अवसरमा प्रदेश नं.१ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले वर्तमान परिप्रेक्ष्यमा उद्योगद्यन्दा सञ्चालनमा ल्याउनु निकै नै चुनौतीको बिषय रहेको बताए ।

व्यक्तिगत स्वामित्वमा रहेको जग्गाजमिनको आकाशिदै गएको मुल्यको कारण हाल कुनैपनि नयाँ उद्योगद्यन्दा तथा कलकारखानाहरु विकास गर्नबाट बञ्चित हुन पुगेको बताए ।

“स्वदेशी वस्तुको प्रवर्धन, हाम्रो अभियान” भन्ने मुल नाराका साथ आजबाट सुरु भएको उक्त जुत्ता चप्पल व्यापार मेलाको उद्धाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपालमा विद्यमान उद्योगद्यन्दा तथा कलकारखानाहरुलाई प्रोत्साहन गर्न श्रृण सुविद्या र बाहिरी मुलुकबाट आयात हुने कच्चा पर्दाथ एवं तयारी वस्तुमा सब्सिडीको व्यवस्था गर्न राज्यले जोड दिनुपर्ने बताए ।

औपचारिक रुपले सुरु भएको उक्त व्यापार मेलामा शिखर शुज, वि।एफ डियर हिल सुज, रन सुज, शु ल्याण्ड, लैण्ड वाल्क र हाईलाईफ सुज एण्ड स्लीपर जस्ता चर्चित कम्पनीहरुले आफना स्वदेशी उत्पादनहरु बजारमा ल्याएका छन । आयोजकले १ लाख ५० हजार भन्दा बढी उपभोक्ताहरुले जुत्ता चप्पल व्यापार मेलाको अवलोकन गर्ने र १ करोड ५० लाख भन्दा बढीको व्यापार हुने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *