अष्ट्रेलियाको सिड्नीमा हेरिटेज अफ फेसन नेपाल कार्यक्रमको आयोजना हुने

एसएपी इन्टरटेनमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा हेरिटेज अफ फेसन नेपाल कार्यक्रमको आयोजना हुने भएको छ । आगामी फ्रेबुअरी १५ तारेखमा हुने यो कार्यक्रमको बारेमा आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

नेपाली संस्कृतीको बारेमा विदेशमा जानकारी गराउदै भिजिट नेपाल २०२० लाई सहयोग पुर्याउनका लागि यो कार्यक्रम सिड्नीमा आयोजना गर्न लागेको अधिकारीले बताए । जसको लागि ¥याम्प वाल्कमा उतारिने मोडललाई अडिसन मार्फत अष्ट्रेलियामानै अडिसन मार्फत छनोट गरिनेछ । अडिसनको लागि आवेदन खुलिरहेको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *