सांसद मण्डलद्धारा आफ्नो निर्वाचन क्षेत्रमा बजेट बिनियोजन

विराटनगर, पुस ७
मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलले निर्वाचन क्षेत्र विकास कोष मार्फत ६ करोड बजेट बिनियोजन गरेका छन् । सांसद मण्डलले जनताबाट माग भई आएका विभिन्न पूर्वाधार निर्माणका ३० वटा योजनामा उक्त बजेट बिनियोजन गरेका हुन् । मोरङ ५ का सांसद मण्डलद्धारा निर्वाचन क्षेत्रमा ६ करोड बजेट बिनियोजन, यस्तो छ बजेट
सांसद मण्डलले जहदा गाउँपालिका–१ स्थित धुनी पूर्व सिंघिया खोला छेउमा एकिकृत दलित बस्ती निर्माणका लागि १ करोड, कुलहडिया कब्रिस्तान घेराबारा निर्माणमा १० लाख, नेपाल सन्तमंत सत्संघ मन्दिर भान्साघर निर्माणमा १० लाख, सोही गाउँपालिकाको वडा नं. २ मा डंग्राहा ऋषिदेव टोल दिनाभद्री मन्दिर निर्माणमा १० लाख, बीरपुर अधुरो कल्भर्ट निर्माण तथा माटो र ग्राभेलका लागि १८ लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् ।

 

त्यसैगरी जहदा गाउँपालिकाकै वडा नं. ३ स्थित बभन टोलीमा रमेश र उपेन्द्र रजवंशीको घर जाने बाटो ग्राभेलका लागि १० लाख, बनरखोकिया राम जानकि मन्दिर निर्माणका लागि १० लाख, सोही वडाको ंिसघिया खोलादेखी पूर्व मिलन चोक हुँदै अशोक साहको घरसम्म माटो तथा ग्राभेलमा १२ लाख, मिलनचोक पश्चिम हात्तिबन्धामा इसाई समाजको चर्च निर्माणमा १० लाख, सोही गाउँपालिकाको वडा नं. ४ मा लक्ष्मि आधारभुत विद्यालयमा अधुरो भवन निमर्नणका लागि १० लाख, वडा नं. ५ मा हनुमान मन्दिरदेखी पूर्व डुमरिया जानेबाटोमा कालोपत्रे निर्माणमा ५० लाख, महतो टोल बक्स कल्भर्ट निर्माणमा (नहर पश्चिम) १० लाख रुपैया बजेट बिनियोजन भएको छ ।
त्यस्तै वडा नं. ७ स्थित छोटी महादेवकोल नहरदेखी पूर्व मल्दहिया टोल सम्म ग्राभेल सडकका लागि १० लाख, विराटनगर महानगरपालिका–१३ स्थित बाल मा.वि. भवन निर्माणमा १० लाख, वडा नं. १४ स्थित भगवति चोकदेखी उत्तर महतो टोल नाला निर्माणका लागि १२ लाख, वडा नं. १५ मा भट्टा टोल हनुमा मन्दिर निर्माणमा १० लाख, वडा नं. १६ मा दरहैया सुर्य पोखरीमा छठ घाट निर्माणका लागि १९ लाख, दरहैया चौधरी टोलमा नाला तथा ग्राभेल निर्माणका लागि १० लाख, टांसि हुलिङ गुम्बा मर्मत कार्यका लागि १० लाख, वडा नं. १७ स्थित डगरा टोलमा नाला निर्माणका लागि १० लाख, वडा नं. १८ स्थित झटियाही विष्णु आधारभुत विद्यालयदेखी यूर्व बक्स कल्भर्ट तथा माटोका लागि ११ लाख, वडा नं. १३ मै पूर्वाञ्चल अनाथ आश्रमको स्टोर निर्माणमा १० लाख, वडा नं. १४ स्थित भगवती टोल सिद्धार्थ मार्ग गोवद्र्धन भट्टराइको घर जानेबाटोमा नाला तथा माताकुञ्ज मार्गमा ग्राभेलका लागि १० लाख, धनपालथान गाउँपालिका–१ स्थित मुल बाटोदेखी पश्चिम संजय चौधरी (लबटोलिया जाने बाटोमा माटो तथा ग्राभेलका लागि १० लाख र सोही वडामा गडरीया राधाकृष्ण मन्दिरदेखी पश्चिम पोखरा जानेबाटो ग्राभेल तथा पोखरीमा रिटनिङ वाल र सिँढी निर्माण कार्यकाम लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मण्डलले जानकारी दिए ।

त्यसैगरी सांसद मण्डलले रंगेली नगरपालिका वडा नं. ४ स्थित महानन्द मण्डलले घरदेखी सदानन्द साहको घर नजिक पोखरी र चोपराहा चोक करबोला घाट जाने सडकका लागि ५० लाख, सोही वडा स्थित संतमंत सत्संग सामुदायीक भवन निर्माणका लागि १० लाख, वडा नं.७ मा रंगेली गौशालाको भौतीक निर्माणमा १० लाख, सोही वडाको आदर्श टोलदेखी लवटोलीहुँदै पिपल चोक र इनारदेखी फुदनलालको घर सम्म सडक स्तरोन्नतीमा १ करोड, वडा नं. ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीको घेराबाराका लागि १० लाख र ‘कन्टिजेन्सी’ मा ३ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *