तत्कालीन राजा वीरेन्द्र शाहको ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं
तत्कालीन राजा वीरेन्द्र शाहको ७५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी सोमबार मनाइदै छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् ।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उनको निधन भएको थियो । त्यस क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *