अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण

अमेरिका
अमेरिकाले इराक र सिरियामा विद्रोहीको शिविरमा हवाई आक्रमण गरेको छ । एक अमेरिकी ठेकेदारको हिज्बुल्लाह विद्रोहीको आक्रमणमा परी मृत्यु भएपछि अमेरिकाले जवाफी आक्रमण गरेको हो । आक्रमणमा कतैब हेजबुल्लाह समुहको हतियार भण्डारण केन्द्र ध्वस्त भएको अमेरिकाले जनाएको छ ।

इराकी सुरक्षा निकाय तथा विद्रोही समुहले आक्रमणमा १८ जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा परी ५० जना घाइते भएका छन् । सिरियानजिकै पर्ने इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा अमेरिकाले आक्रमण गरेको हो ।

इरानले सहयोग गरिरहेको कतैब हेजबुल्लाह सिया मुस्लिम विद्रोही समुह हो । सो समुहलाई अमेरिकाले आतंकवादीको संज्ञा दिएको छ । सो समूहलाइ इरानले सहयोग गर्दै आएको अमेरिका ले आरोप लगाएको छ ।

डिसेम्बर २७ मा इराकको किरकुकमा भएको आक्रमणमा परी अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । आक्रमणमा कयौं अमेरिकी र इराकी सेना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *