सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट चौथो चरणका खेलहरु शुरु हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट चौथो चरणका खेलहरु शुरु हुँदैछन् । आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटी र मछिन्द्र क्लब तथा फ्रेन्ड्स र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुँदैछ ।

एनआरटी र मछिन्द्रबीचको खेल साढे एघार बजे हुनेछ । अपराजित मछिन्द्रले तीन खेलबाट ६ अंक जोडेको छ । एनआरटीले तीन खेलबाट चार अंक जोडेको छ । फ्रेन्ड्स र मनाङ दिउसो तीन बजे स्पष्ट जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछन् ।

मनाङ गत सिजन लिगमा ब्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । फ्रेन्ड्स सोही जितलाई निरन्तरता दिने लक्ष्यमा छ । लिगमा मनाङ अपराजित छ भने फ्रेन्ड्सले अंक जोड्न सकेको छैन । चौथो चरणका सबै खेलहरु सातदोवाटोमै हुने एन्फाले जनाएको छ । रंगशालामा भ्रमण बर्षका कार्यक्रम हुने भएकाले खेल एन्फा मैदानमा सारिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *