चिसोका कारण कठ्यांग्रिएर चार जनाको मृत्यु

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्लामा चार जनाको मृत्यु भएको छ।

चिसोका कारण धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको हो।

जनकपुर उपमहानगरपालिका(२३ की ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका(२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको छ।

बारा र पर्सामा परिचय नखुलेका अन्य दुई जनाको शव फेला परेको छ। उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *