प्रहरीले मोरङबाट आइतबार पेस्तोल र गोलीसहित तीन जना विप्लव माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका(१० का ५० वर्षीय नरेश चौलागाई, विराटनगर महानगरपालिका(८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका(३ सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जीवी धिताल रहेकाछन्।
बेलबारी नगरपालिका ५ कसेनी रामपुरबाट कटुवा पेस्तोल १ थान, गोली २ थान, सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्पेलट दुई हजार १ सय थानसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा हातहतियारसहित उनीहरूले चन्दा असुल गरी हिँडेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सुनसरी(मोरङ आयोजनाको नहर छेउ केराघारीमा लुकाई राखेको उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये चौलागाईं २०७६ भदौ २१ गते इटहरी उपमहानगरपालिका(९ स्थित गोदावरी स्कुलको कम्पाउण्ड र २०७६ भदौ २३ गते झापा विर्तामोड नगरपालिका(२ चारपाने चोकस्थित सहारा नेपाल सहकारी संस्थामा भएको बम विस्फोट घटनामा समेत संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
Comments