काठमाडौं –
प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई छन् ।
उनीहरु गोंगबुस्थित होटल तनहुँबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।
‘नक्कली सुन बिक्री गर्नलाई ४५ लाखमा डिल भएको रहेछ’, उनले भने, ‘तर, बिक्री गर्ने प्रयास गर्दा गर्दै उनीहरुलाई पक्राउ गर्न सफल भयौं ।’
लम्सालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार ठगी कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।
Comments