अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र ढाका टोपी दिवस देशैभरी धुमधामका साथ मनाईदै छ। नेपालीले टोपी दिवस मनाईरहँदा देशमा समग्र ढाकाको कारोबारमा वृद्धि भएको छ। जनवरी फस्ट, २०२० नयाँ वर्षको पहिलो दिन। नयाँ वर्ष तथा ढाका टोपी दिवस मनाईरहँदा अन्य दिनहरुको तुलनामा ढाका टोपीको व्यापारमा वृद्धि भएको छ।
नेपाली भ्रमण वर्ष २०२० को सुरु भैरहँदा प्रख्यात ढाकाटोपीको बिक्री दुई यो समयमा गुणाले बढेको छ। विगत छ वर्षदेखी मनाईंदै आएको टोपी दिवसमा नेपाली पहिचान बनेको ढाका टोपीको बिक्री पनि बढेको हो। बुधबार
टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो। ढाकाटोपीले नेपाली जातीको पहिचान झल्काउँछ। नेपालीले राष्ट्रिय टोपी दिवस मनाएका छन्। ढाकाको विविधिकरण गरि धेरै किसिमका वस्तुहरु निर्माण भएता पनि ढाका टोपीको महत्व भने घटेको छैन। युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो छ। ढाकाटोपी, भाद्भाउँले टोपी तथा कालो टोपी नेपाली टोपी हुन्। ढाका टोपी दिवसमा ढाकाबाट निर्माण भएको टोपीको बिक्रिमा उल्लेख्य सुधार भएको बिक्रेताहरुले बताएका छन्।अन्य दिनहरुको तुलनामा टोपी दिवसमा झण्डै दोब्बरको कारोबार हुने गरेको बिक्रेताहरु बताउछन। ‘
ढाकाको टोपीका साथै अन्य सजावटका सामाग्री सहित पाल्पाली ढाकालाई विविधिकरण गरेपछि चिनोको रुपमा ढाकाको व्यापार बढेकोहो। ढाकाले बजारको माग धान्न नसकेकोले अहिले भारत र चीनबाट समेत ढाका आयात भएको बिक्रेताहरुको भनाई छ।
ढाका टोपीमा सीमित पाल्पाली ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामाग्री समेत ढाकाकै निर्माण हुन थालेको छ। यतिबेला जिल्ला भित्रने आन्तरीक तथा बाह्य पर्यटकहरुले आफन्तहरुलाई ढाका चिनो लैजाने गरेका छन्। नेपाली पहिचान मेटिएको भन्दै जागरूक युवा अभियान नेपालले टोपीलाई प्रवद्र्धन गरि आएको थियो।
Comments