जोगवनी नाकाबाट एक बर्षमा ९५ जना महिला बेचिनबाट रोकेको माइती नेपाल को दावा

विराटनगर

माइती नेपालले जोगवनी नाकाबाट एक बर्षमा ९५ जना महिलालाई बेचबिखन हुन बाट रोकेको छ। माइती नेपालले एक वर्ष भित्र गरेको कामको बारेमा जानकारी दिँदै महिला बेच बिखन हुन बाट रोकिएको तथ्य सार्बजनिक गरेको हो । यसरी उद्दार भएकाहरुमा सन २०१९ को जनावरी १३ जना, फेब्रअरीमा ६ जना, मार्चमा १०, अप्रिलमा ६, मे मा ५, जुनमा ११, जुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बर २, अक्टोवरमा ६, नोभेम्बरमा ६ र डिसेम्बरमा ७ महिलाको भारत तफै लैजाँदै गर्दा उनीहलाई सिमाबाटै उद्दार गरिएको माईती नेपालका कार्यक्रम संयोजक बिनोद पोखरेलले जानकारी दिएका छन ।

फर्काइएका मध्ये ३२ जना मोरङका, १० जना सुनसरी, १० जना झापा, १२ जना उदयपुर, काठमाडौं,भक्तपुर, इलाम, रुकुम, ताप्लेजुङ, कास्की र पाँचथरका समेत महिलाहरु रहेका छन् । त्यस्तै सिरहा, सप्तरी, संखुवासभा, बाँके, सिन्धुली र सोलुखुम्बु खोटाङ र धनकुटाका रहेका छन् । उद्दार गरिएकाहरुलाई आफन्तको खोजी गरी जिम्मा लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *