नेपाल भ्रमण वर्ष २०२० को एक नम्बर प्रदेशमा भव्य उद्घाटन

। नेपाल भ्रमण वर्ष २०२० को एक नम्बर प्रदेशमा आज भव्य उद्घाटन भइरहेको छ ।

५ लाख पर्यटक भित्राउने घोषणा गरेको एक नम्बर प्रदेश सरकारले सन २०२० को पहिलो दिन आज १६ पुस २०७६ मा भ्रमण बर्षको भव्य उदघाटन गरेकोहो ।

एक नम्बर प्रदेशको राजधानी विराटनगर स्थित शहीद रंगशालमा भ्रमण बर्षको प्रदेश स्तरिय भव्य उदघाटन भएको छ ।

एक नम्बर प्रदेशका उद्योग, पर्यटन वन,तथा वातावारणमन्त्री जगदीश कुसियैतका अनुसार उद्घाटमा भारतको सिक्किम, बंगाल र बिहार राज्यको माननीय र पर्यटन व्यवसायीहरुको समेत सहभागिता भएको थियो।

बिभिन्न झाँकी र सांगितिक कार्यक्रम सहित भ्रमणबर्षको उद्घाटन गर्ने वर्षभरी प्रवर्द्धनात्मक कार्यक्रम संचालन गरेर सफल वनाउन योजना प्रदेश सरकारको छ ।

भ्रमण वर्ष २०२० सफल वनाउन एक नम्बर प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको संरक्षकत्वमा मन्त्री कुसियैत संयोजक रहेको समारोह समिति निर्माण गरेको छ ।

यसैगरी विभिन्न क्षेत्रका पर्यटन व्यवसायीहरुको नेतृृत्वमा धार्मिक, साहसिक, ग्रामिण, पुर्वाधार निर्माण लगायतका १२ वटा उपसमितिहरु निर्माण गरिएको छ ।

भ्रमण वर्षको उद्घाटन समारोहमा एक नम्बर प्रदेशका १ सय ३७ वटै स्थानीय तहलाई पनि सहभागी गराइदैछ । विराटनगरमा आयोजना भइरहेको उद्घाटन कार्यक्रममा १० हजार सहभागी रहेका छन।


नेपाल भ्रमण बर्ष २०२० कालागि नेपाल सरकारले छनोट गरेका एक सय पर्यटकीय गन्तव्य मध्ये १६ वटा एक नम्बर प्रदेशमा पर्दछन् ।

भ्रमण वर्षको प्रचारप्रसारका लागि एक नम्बर प्रदेश सरकारले २५ लाख रुपैयाँ र भौतिक पुर्वाधारका लागि १ अर्ब ५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *