प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले एभर्टनमाथि जित हासिल

एजेन्सी
ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले एभर्टनमाथि जित हासिल गरेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनमाथि २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा दुवै गोल ग्याब्रियल जिससले गरे । एभर्टनका रिचार्डलिसनले एक गोल फर्काए ।

अर्को खेलमा म्यानचेष्टर युनाईटेडलाई आर्सनलले २–० गोल अन्तरले छ । आर्सनलको जितमा निकोलास पेपे र सोक्रातीले एक–एक गोल गरे । लेष्टर सिटीले न्युकासल युनाइटेडलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको छ । लेष्टरलाई जित दिलाउन आयोज परेज, जेम्स म्याडिसन र हाम्जा चौधुरीले एक एक गोल गरे ।

नयाँ वर्षको पहिलो खेलमा चेल्सी भने चेल्सी ब्राइटनसँग एक–एक गोलको बराबरीमा रोकिएको छ । चेल्सीका लागि सेजर र ब्राइटनका लागि अलिरेजाले गोल गरे ।

टोटेनह्याम भने साउथह्याम्पटनसँग एक शुन्य गोल अन्तरले पराजित भएको छ । साउथह्याम्पटनलाई जित दिलाउन ड्यानीले निर्णायक गोल गरे ।

अर्को खेलमा यस्तै वाट्फोर्डले वुल्भ्सलाई २–१ गोल अन्तरले हराएको छ । एस्टन भिल्लाले बर्नलीलाई २–१ गोल अन्तरले हरायो । गएरातिका खेलपछि १९ खेलबाट ५५ अंक सहित लिभरपुल लिगको शिर्ष स्थानमा छ ।

२१ खेलबाट लेस्टर सिटी ४५ अंक सहित दोस्रो स्थानमा छ । २१ खेल नै खेलेको म्यानचेष्टर सिटी ४४ अंक सहित तेस्रो स्थानमा छ । चौथो स्थानको चेल्सीको ३६ अंक छ । म्यानचेष्टर युनाइटेड ३१ अंक सहित पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *