वनभोज गएका किशोरमाथि गोली प्रहार

महोत्तरी
वनभोजमा गएका महोत्तरीका एक किशोरमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका जलेश्वर नगरपालिका ५ विसनपुरका एक किशोरलाई स्थानीय अस्पतालले उपचार गर्न काठमाडौं पठाएको छ।

१४ वर्षीय अक्षय कापरलाई वनभोज गएका बेला स्थानीय अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि प्रहार गरेका हुन् । सिंहले गोली प्रहार गरी फरार भएको घाइतेका आफन्तले बताए । भारतसँगको सीमा छेउमा रहेको सो स्थानमा बुधबार साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ।

‘घट्नालगत्तै विनय सिंहको परिवारको एक सदस्यलाई नियन्त्रणमा लिइएको छ। फरार सिंहको खोजी जारी रहेको महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए।

गोलिबाट गम्भीर घाइतेलाई उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरेको छ। किशोर स्थानीय अस्पतालले काठमाडौं पठाएपछि राती नै एम्बुलेन्सबाट राजधानीतर्फ लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *