न्यूरो आइसियु सेवा सुरु गरेको दस वर्ष पूरा

विराटनगर-
विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले न्यूरो आइसियु सेवा सुरु गरेको दस वर्ष पूरा भएको छ । पूर्वाञ्चलमा पहिलो पटक न्यूरो हस्पिटलले न्यूरो सर्जरी सेवा सुरु गरेको थियो ।

न्यूरोले विस १६ पुस २०६६ देखि न्यूरो आइसियू सेवा सुरु गरेको थियो । सेवा सुरु भएको दश वर्ष पूरा गरी ११ वर्ष प्रवेश गरेको अवसरमा अस्पतालका संस्थापक वरिष्ठ न्यूरोलोजिस्ट डा। वीरेन्द्रकुमार विष्टले सहयोगी तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

पूर्वमै पहिलो पटक न्यूरो सर्जरी तथा आइसियू सेवा विस्तार गरेको दाबि गर्दै उनले अस्पतालले हजारौं बिरामीहरुलाई नयाँ जीवन दिएको बताए । उनले न्यूरो सर्जरी र आइसियू सेवा पु¥याउन सहयोग गर्ने वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा। मंजिल श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

अस्पतालका बरिष्ठ न्यूरो सर्जन डाक्टर यमबहादुर रोकाले अस्पताल स्थापना भएपछि धेरै बिरामीलाई सहज भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *