लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर
उदयपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। बुधबार राति पौने ९ बजेको समयमा त्रियुगा नगरपालिका ११ इमाटोलस्थित सोमबहादुर राईको घरबाट प्रतिबन्धित लागुऔषध नाईट्रोजन र गाँजासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

पक्राउ पर्नेमा घरधनीकै छोरा १९ वर्षीय प्रगत राई, त्रियुगा १२ ज्योतिनगरका २१ वर्षीय निश्चल चौधरी र सोही वडा इन्द्रेणी टोलका १४ वर्षीय राजेन्द्र कार्की रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनीहरुको साथबाट १८ पिस ९गोटी० नाईट्रोजन र २ सय ५० ग्राम गाँजा बरामद भएको छ।

राति नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएका उनीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य अघि बढाइएको एसपी मगरले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *